कोरोनाबाट धुलिखेलका ८२ वर्षीय पुरुषको मृत्यु

admin

 काभ्रे,  १५ वैशाख : काभ्रेको धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनी बुधबार धुलिखेल अस्पताल भर्ना भएका थिए ।

निमोनिया र उच्च रक्तचापबाट पिडित उनको उपचारको क्रममा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई आकस्मिक कक्षबाट आईसियु कक्षमा सारेर थप उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

काभ्रेमा हालसम्म कोरोनाका कारण काभ्रेका ४५ जनाको मृत्यु भएको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६१९ पुगेको छ ।

प्रतिक्रिया