ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

admin

काठमाडौं, १६ वैशाख : अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा छापा मारेको छ । ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट र पार्क एभेन्युस्थित कार्यालयमा पुगेको थियो । जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेको आशंकामा एफबीआईले अनुसन्धान जारी राखेका छन् ।

राष्ट्रपति पदको निर्वाचनताका युक्रेनका अधिकारीहरूलाई जो बाइडन र उनको छोरा हन्टरविरुद्ध अनुसन्धान गर्न मुख्य भूमिका खेलेको लगायतका आरोप जुलियनमाथि छ । युक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टरमाथि कर छलीको आरोपमा अमेरिकी न्याय मन्त्रालयले अनुसन्धान जारी राखेको छ । साथै जुलियानीले युक्रेनका लागि तत्कालीन अमेरिकी राजदूतलाई हटाउन पनि मुख्य भूमिका खेलेको आरोप छ ।

प्रतिक्रिया