पहाडका केही ठाउँमा सामान्य पानी पर्न सक्ने

admin

काठमाडौं, १६ बैशाख : अहिले काठमाडौंसहित देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । पहाडी क्षेत्रका केही ठाउँमा आंशिकदेखि सामान्य र तराईका थोरै ठाउँमा आंशिक बद्ली भएकाबाहेक देशभरको मौसम सफा रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । बिहीबार दिउँसोपछि भने पहाडका केही ठाउँमा मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै तराईका एकरदुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका केही ठाउँको मौसम सफा रहेको छ । यस्तै बिहीबार राति तराईमा आंशिक बद्ली र पहाडी क्षेत्रमा सामान्य बद्ली रहनेछ ।

बिहीबार राति पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए । तर अबको केही दिन ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया