पूर्वरानी कोमलको शरीरमा अक्सिजनको मात्रा कम भएपछि आईसीयूमा सारियो

admin

काठमाडौं, १६ बैशाख : कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि आईसीयूमा सारिएको हो ।

उनको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई-फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिएका छन् । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई-फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ ।

बुधबार बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । उनका अनुसार ज्ञानेन्द्र शाहलाई पनि अक्सिजन दिइएको छ । छोरी प्रेरणालाई अक्सिजनको आवश्यक्ता नपरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया