उपत्यकामा निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्था खुला रहने

admin

काठमाडौं, १६ बैशाख : काठमाडौं उपत्यकामा निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ । सङ्घले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय नियमित सञ्चालन हुने जनाएको छ ।

सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ । बैंकका सबै शाखामा ग्राहकको भीडभाड बढी हुने हुँदा भीड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

उनले नगद कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरे । सङ्घले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया