आज थप ४९२८ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

admin

काठमाडौं, १६ बैशाख : बिहीबार देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौं उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् ।

त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ संक्रमित थपिएका छन् । जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् । एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

प्रतिक्रिया