कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै अत्यधिक, डिस्चार्ज अति न्यून

admin

काठमाडौं, १७ बैशाख : दैनिक कोरोना संक्रमित थपिने क्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या यो अहिलेसम्म अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।

केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ थियो । गत १ वैशाखदेखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ ।

हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार १ सय १७ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया