पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

admin

काठमाडौं, १७ बैशाख : पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना संक्रमण भइ नर्भिक अस्पतालमा उपचाररत शाहको बिहीबार साँझदेखि त्यस विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई अहिले अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन । उनीहरु तीनै जना गएको शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया