आज सुनचाँदीको मूल्य घट्यो, कारोकार कतिमा ?

admin

काठमाडौं, १७ बैशाख : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हप्ताको अन्तिम दिन शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । बिहीबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ । गएको आइतबार चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया