जसपाको बहुमत सदस्य प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावको पक्षमा

admin

काठमाडौं, १७ बैशाख : जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको स्वागत गर्ने भएका छन् । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको पक्षमा उभिने निर्णय गरेको छ ।

समाचार स्रोतका अनुसार १४ वैशाखमा बसेको बैठकले नै यस विषयमा तय गरेको थियो । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि उभिने निर्णय पनि भएको थियो ।

उक्त बैठकपछि कार्यकारिणी समिति बैठक बोलाउन प्रस्ताव गरिएको थियो तर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठक बोलाउन असमर्थ रहेका थिए । त्यसपछि त्यही दिन उपेन्द्र–बाबुराम कार्यकारिणी समितिको बसेको बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्ने निर्णय गरिएको थियो ।

साथै, केही समयमै कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले गरेको निर्णय नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि जानकारी गराउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया