झलनाथ खनाललाई कोरोना संक्रमण

admin

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि उपचाररत छन्।

प्लाज्मा थेरापी गरिएकी कोमलको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया