वस्तु विनिमय बजारसम्बन्धी निर्देशिका संशोधन गरिँदै

admin

काठमाडौं, १९ वैशाख : दुई पटकसम्म वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) कम्पनीका लागि अनुमति दिन आवेदन खुला गरेर खारेज गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले नीतिगत व्यवस्थालाई संशोधन गर्न थालेको छ ।

बोर्डले कम्पनीहरूको प्रकृतिअनुसार चुक्तापूँजीको सीमा, योजना, आवेदन प्रक्रिया र सैद्धान्तिक अनुमतिपत्र (एलओआई) दिने प्रक्रियासहित ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदा सार्वजनिक गरेको छ ।

संशोधित निर्देशिकाले कम्पनीको प्रकृतिअनुसार न्यूनतम चुक्ता पूँजीको सीमा बढाएर १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म तोकेको छ । यसअघि रू. ५० करोडदेखि १ अर्ब हुनुपर्ने व्यवस्था थियो ।

बोर्डले शुक्रवार निर्देशिकाको मस्यौदा सेबोनको वेबसाइटमा सार्वजनिक गर्दै १५ दिनभित्र सरोकारवालाबाट सुझाव मागेको छ । यसअघि यस्तो निर्देशिकालाई सर्वसाधारणमा सार्वजनिक गर्ने गरेको थिएन ।

सरोकारावालाबाट पछि गुनासो नआओस् भन्नका लागि प्राप्त प्रतिक्रियाको आधारमा औचित्य हेरेर निर्देशिकालाई अन्तिम रूप दिने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू