भोलि मध्यरातिदेखि आन्तरिक उडानमा रोक

admin

काठमाडौं, १९ वैशाख : सरकारले भोलि २० बैशाखको मध्यरातिदेखि आन्तरिक र २२ बैशाखदेखि अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । सरकारले कोभिड–१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री पार्वत गुरूङले जानकारी दिएका छन्।

आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउदै आज बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।’कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया