बैतडी, २१ बैशाख : बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका-६ गणमेश्वरस्थित सडकमा से १ ज १८३ नम्बरको जीप आज सडकबाट करिब ५ सय मीटर तल खस्दा दुर्घटना भएको थियो ।
मृत्यु हुनेहरुमा पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलका ५० वर्षीय जीतसिंह भण्डारी,३० वर्षीय डम्मरसिंह भण्डारी,२७ वर्षीय हिक्मतसिंह भण्डारी,४० वर्षीय दिपकसिंह भण्डारी र दशरथचन्द नगरपालिका-४ का जीप चालक ४५ वर्षीय तेजबहादुर बोहरा छन् ।
दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।