कोरोना संक्रमणबाट नेपाली सेनाका तीन जनाको मृत्यु, पाँच हजारभन्दा धेरै संक्रमित

admin

काठमाडौं, २२ बैशाख : कोरोना संक्रमणबाट नेपाली सेनाका तीन जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार महामारी सुरु भए यता हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ। निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ।

सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ। नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड–१९ बाट सङ्क्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७९८ छ भने तीन हजार ४१७ जनाको निधन भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएको, एक हजार ७७५ निको भएको तथा ५५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया