अफवाह रोक्न र सही सूचना प्रवाह गर्न प्रधानमन्त्रीद्वारा जोड

admin

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताए ।

प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई सचेत बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

कोरोना महामारीको दोस्रो लहरका कारण संक्रमण रोक्न निषेधाज्ञा र स्वास्थ्यका मापदण्ड पालनामा केन्द्रित हुनुपरेको भन्दै उनले सही, सत्यतथ्य र आधिकारिक सूचना प्रवाह गर्न र मापदण्डको पालना गर्नरगराउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग कोरोना महामारीका बीच पनि निरन्तर सूचनाको हक प्रचलन गर्न-गराउन प्रयासरत रहेको बताएका छन् । २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो ।

प्रतिक्रिया