आज घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २२ बैशाख : बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलाको १२ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया