राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

admin

काठमाडौं, २२ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् । जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न राष्ट्रपति भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको अध्यादेशलाई केही दिनअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । त्यसैको सहजताका लागि अध्यादेश ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया