आज आठ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि, ५८ जनाको ज्यान गयो

admin

काठमाडौं, २२ बैशाख : बुधबार साढे आठ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै तीन हजार आठ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । बितेको २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आईसीयूआ रहेका ६ सय संक्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया