ओली नेताहरूसहित देउवालाई भेट्न बूढानीलकण्ठमा

admin

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । महासचिव ईश्वर पोख्रेल, नेताहरू सुवास नेम्वाङ र रामबहादुर थापालाई लिएर देउवालाई भेट्न ओली उनकै निवास पुगेका हुन् ।

आउँदो जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव, २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न गएका हुन् । राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले मंगलबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ, माओवादीले बुधबार समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिक्रिया