आज पाँच अङ्कले घट्यो नेप्से

admin

काठमाडौं, २२ बैशाख : शेयर बजार परिसूचक नेप्से बुधबार पाँच अङ्कले घटेको छ । केही समूहको शेयर बढे पनि समग्र बजार पाँच दशमलव नौ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव ६० विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर पाँच अङ्कले, विकास बैंकको तीन अङ्कले, होटल तथा पर्यटनको ३७ अङ्कले, उत्पादनको ६७, जीवन बीमा समूहको ५५ र लघुवित्त समूहको शेयर चार अङ्कले घटेको छ ।

व्यापार, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ । बुधबार दुई सय १८ कम्पनीका एक करोड ४८ लाख कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सको २३ करोड रुपैयाँको शेयर कारोबार भयो । आशा, लक्ष्मी, इन्फिनिटी र सबैको लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि १७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजारमा कारोबार सुरु भएको चैत ३ गतेदेखि (आज) बुधबारसम्म ४९ दिन लगातार बढेको महिला लघुवित्तको शेयर बुधबार पनि १० प्रतिशतले बढेर प्रतिकित्ता चार हजार पाँच सय सय ७३ रुपैयाँमा पुगेको छ । एक हजार लगानी गरेका शेयरधनीले ३४ दिनमै ४५ हजार रुपैयाँभन्दा धेरै कमाएका छन् ।

प्रतिक्रिया