सांसद डाँगीद्धारा राजीनामा

admin

दाङ, २२ बैशाख : लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ ।

डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताउनुभएको छ । यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । डाँगीको राजीनामासँगै लुम्बिनीमा एमालेको सांसद संख्या ३८ मा झरेको छ ।

प्रतिक्रिया