आजदेखि फेरि प्रि–मनसुन थप सक्रिय, देशभरको मौसम पूर्णदेखि आंशिक बदली

admin

काठमाडौं, २३ बैशाख : आजदेखि फेरि प्रि–मनसुन थप सक्रिय भएको छ । मार्च १ अर्थात् गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि–मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका हुन् ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताए । प्रदेश–१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पर्सीदेखि भने फेरि मनसुनको प्रभाव कम हुँदै जानेछ । अहिले देशभरको मौसम पूर्णदेखि आंशिक बदली भएको छ, भने प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँहरुमा पानी परिरहेको छ ।

दिउँसो देशका धेरैजसो पहाडी ठाउँहरुमा मेघगर्जन, हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना रहेको छ । यी ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया