प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तापछि आजै मन्त्रिपरिषद् बैठक बोलाइयो

admin

काठमाडौं, २३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार बिहीबारको बैठकमा कोरोना नियन्त्रणका उपायसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसित भेटवार्ता गरेका हुन् । यसअघि, प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीको बैठक राखेका थिए ।

प्रतिक्रिया