सरकारले भन्यो : अस्पतालमा भर्ना भएका जटिल संक्रमित अन्यत्र नपठाउनु

admin

काठमाडौं, २३ बैशाख : सरकारले एउटा अस्पतालमा भर्ना भएका जटिल कोरोना संक्रमितलाई अन्यन्त्र नलैजान विरामीका आफन्त र अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गरेर अन्यन्त्र नलैजान निर्देशन दिएको हो।

चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि सेवन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। ‘चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि प्रयोग गर्नुहुन र अस्पताल भर्ना भइरहनु भएका जटिल संक्रमितहरु अन्यन्त्र लैजान कामहरु नगर्नु/नगराउनु हुन अनुरोध छ,’सूचनामा भनिएको छ,‘उपचार भैरहेको संक्रमितको अन्य अस्पतालहरुमा पठाउनुभन्दा पहिले पठाउन लागेको अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरेर चिकित्सकसँगको समन्वय गरेर मात्रै गर्न गराउनु हुन निर्देशन छ।’

प्रतिक्रिया