पूर्णरुपमा मौसम खुल्न अझै केही दिन लाग्छ : मौसमविद्

admin

काठमाडौं, २४ बैशाख : देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै तीन दिन मौसम पूर्णरुपमा नखुल्ने महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । अहिले प्रदेश एक, दुई र वाग्मती बाहेक अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

चितवनसहित पश्चिममा बादल लागेको छ । त्यस्तै काठमाडौं उपत्यकामा पनि अहिले बादल लागेको छ । दिउँसोपख काठमाडौं उपत्यकामा पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै शुक्रबार बेलुका र राति प्रदेश एक, दुई तथा बाँकी प्रदेशका पहाडी ठाउँमा मौसम सामान्यदेखि पूर्ण बद्ली हुने र अरु ठाउँमा आंशिक बद्ली रहने महाशाखाले जनाएको छ ।

केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम तथा प्रदेश एक र गण्डकीका एकररदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया