राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका आवश्यक : प्रधानमन्त्री

admin

काठमाडौं, २४ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको सिर्जनात्मक र रचनात्मक भूमिका आवश्यक रहेको बताएका छन् । छैठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आर्थिक सामाजिक रूपान्तरण गरी समृद्ध देश र सुखी नेपाली बनाउने अभियानमा आमसञ्चार माध्यमको सशक्त भूमिका हुने बताएका हुन्  ।

उनले आमसञ्चार माध्यम मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैं दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र सम्वर्द्धन, सामाजिक न्याय र समानताको प्रत्याभूतिमा सरकार दृढ रहेको समेत बताएका छन् ।

विसं १९५८ बैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई सम्झेर नेपालमा राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिन्छ । ‘समृद्धिका लागि सञ्चार’ अभियानका साथ यसवर्ष छैठौं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ ।

प्रतिक्रिया