कोरोनाले लियो एकै घरका तीन दाजुभाइको ज्यान

admin

बाँके, २४ बैशाख : नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ । नेपालगञ्जमा पछिल्लो समय कोरोना संक्रमण हुने र संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया