प्रधानमन्त्री ओलीको पीसीआर परीक्षण

admin

काठमाडौं, २४ बैशाख : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै प्रधानमन्त्री ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भनेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ।

प्रतिक्रिया