नक्कली रेम्डेसिभिर इन्जेक्शन बिक्री गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

admin

विराटनगर, २४ बैशाख : विराटनगरस्थित नोबेल शिक्षण अस्पताल अगाडिबाट नक्कली रेम्डेसिभिर इन्जेक्सन बिक्री गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

फाइल फोटो

गम्भीर प्रकृतिको इन्जेक्सन नै नक्कली बनाएर बिक्री गरेको सूचना आएपछि मोरङ प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर इन्जेक्सन प्रयोग गरिदै आएको छ ।

कोरोना माहामरीको समयमा धेरै कमाउने उदेश्यले उनीहरुले स्टासेफ नामको इन्जेक्सनमा रेम्डेसिभिरको स्टिकर टाँसेर महँगो मूल्यमा विक्री गर्दै आएको खुलासा भएको छ । स्टासेफ ज्वरोमा प्रयोग गरिने इन्जेक्सन हो, जसको मुल्य ९० रुपैया मात्र पर्दछ ।

तर उनीहरुले रेम्डेसिभिरको स्टिकर टाँसेर ७ हजार देखि २५ हजार रुपैयाँसम्म विक्री गर्दै आएको भेटिएको छ । नक्कली इन्जेक्सन बेच्ने गिरोहका दुई जना सोनु आलम र सरवण यादवलाई नोबेल अगाडिको साथी फार्मेसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

आलम आफै फार्मेसी सञ्चालक हुन्, भने यादव सोही र्फामेसीमा काम गर्ने गर्छन् । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया