सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, २५ बैशाख : नेकपा एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार (हिजो) कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया