कोरोनाका सक्रिय संक्रमित ८३ हजार नाघे, आज थपिए ८ हजार ४१८

admin

काठमाडौं, २५ बैशाख : देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ३ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया