छैटौं र्याली अफ होप आईतबार हुदै, विश्वका नेतृत्वहरूद्वारा शान्तिप्रतिको नयाँ दृष्टिकोणबारे छलफल हुने

admin

काठमाडौं, २५ बैशाख : कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनका लागी र ‘थिंक ट्यांक २०२२’को स्थापनाको सहयोगका लागी छैटौं र्याली अफ होपको आयोजना यहि बैशाख २६ गते आईतबार गरिदैछ ।

युनिभर्सल पीस फेडरेशन (यूपीएफ) द्वारा आयोजना गरिएको छैटौं र्याली अफ होप नेपाली सयम अनुसार आईतबार बिहान ६ः०५ बजे बाट प्रसारित हुनेछ, र एकै साथ सोही समयमा संसारभरका बिभिन्न टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत लाइभ प्रसारण गरिने युपीएफले जनाएको छ ।

युपीएफको यो शान्ति पहलकदमीले विश्व शान्तिमा केन्द्रित भई विश्वभरिका लाखौं मानिसहरूको ध्यान तानेको छ । कोरियाली प्रायद्वीपको पुनर्मिलनलाई उत्तरपूर्वी एशियामा र अन्ततः विश्वव्यापी रूपमा शान्तिको लागि मुल थाम र उत्प्रेरकको रूपमा लिइन्छ ।

सोही कार्यक्रममा विश्वका नेताहरू र प्रभावशाली व्यक्तित्वहरू एकजुट भएर “थिंक ट्यांक २०२२“ को उद्घाटनका लागि सामेल हुने युपीएफले जनाएको छ । यूपीएफका सातओटा अन्तर्राष्ट्रिय संघसँग जोडिएका “ पेशागत विज्ञहरुको समूह “ सम्पुर्ण क्षेत्रका विषेशज्ञहरुको विश्वव्यापी संजाल समावेश हुनेछ ।

यसरी तयार गरिएको विज्ञहरुको समूहले वेबिनार, तथ्य पत्ता लगाउने भ्रमण , परामर्श, आत्मविश्वास निर्माण प्रयास जस्ता कार्यक्रमहरुको श्रृंखला विकास गर्नेछन् र महत्वपूर्ण देशहरूको भ्रमण गर्न उच्चस्तरीय प्रतिनिधिमण्डलमा व्यक्तिव्यक्ति बिचमा कूटनीतिक पहल गर्नेछन ।

यूपीएफका अन्तराष्ट्रिय अध्यक्ष डा. थोमस जि. वाल्श भन्नुहुन्छ ‘थिंक ट्यांक २०२२ ले कोरियाली प्रायद्वीपमा शान्ति प्रबर्द्धनका लागि समर्पित सरकारी एजेन्सीहरू र बहुपक्षीय संगठनहरूको कामलाई समर्थन र बढावा दिने प्रयत्न गर्नेछ किनकि हाम्रा प्रत्येक प्रयासहरु दिगो शान्ति र सामाजिक विकासको लागि हुन्।’

थिंक ट्यांक २०२२ ले शीर्ष विचार नेतृत्वहरू, विज्ञ र निर्वाचित पदाधिकारीहरूको बुद्धिबाट लाभ लिनेछ जसले स्वतन्त्रता, विश्वास, परिवार र अरूको खातिर बाँच्ने आवाजलाई बुलन्द गर्नेछन् । थिंक ट्यांक २०२२ ले रणनीति, नीति र नागरिक मतको खोजी गरि, सामूहिक बुद्धि र ज्ञानको प्रयोग गरि उत्तर कोरियालाई राष्ट्रहरु परिवारमा सामेल गराउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यूपीएफका सह–संस्थापक डा. हाक जा हान मुनले यस र्यालिको आयोजना गर्दै हुनुहुन्छ , बहाँ अहिलेको उत्तर कोरियामा जन्मिनुभएको थियो । प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमुख वक्ताहरूको मन्तव्य जहाँ – दुई नोबेल पुरस्कार विजेता र कोभिड–१९ भ्यक्सिनका विकासकर्ता लगायतको रोस्ट्रमले हाम्रो समयको गम्भीर चुनौती र समाजका सबै क्षेत्रहरूमा शान्ति निर्माणको नयाँ अवसरहरूको सम्बोधन गर्नेछन् ।

समारोहमा कम्बोडियाका प्रधानमन्त्री सामदेक हुन सेन, नाईजरका राष्ट्रपति मोहम्मद बाजुम, संयुक्त राष्ट्र संघ, पूर्व महासचिव बान की मून, यूरोपीयन आयोग अध्यक्ष एवम् नोबेल पुरस्का बिजेता जोसे मानुएल बारोसो, युएन विश्व खाद्य कार्यक्रम कार्यकारी निर्देशक डेभिड ब्यासले, अक्सफोर्ड भ्याक्सिनका सह–विकासकता प्रो. साराह गिलबर्ट, संयुक्त राज्य अमेरिका प्रतिनिधि सभा पूर्व अध्यक्ष न्युट गिनरिच लगायतका बत्ताहरुले सम्बोधन गर्ने छन् ।

र्याली अफ होपका सत्रहरु– जसले राजनीतिक, धार्मिक, जातीय र वैचारिक सीमाभन्दा माथी उठेर , पारस्परिक निर्भरता (पारस्परिक सम्मान, सहयोग, र हाम्रो साझा मानवताको मान्यता) , आपसी समृद्धि (चरम गरिबी निवारण, र मानव जातिको बिकास) र ब्रह्माण्डिय मूल्यहरू (विश्वासमा आधारित साझा आधार जुन हामी राष्ट्रियता, धर्म, संस्कृति, र जातिको सीमाभन्दा बाहिर रहेर बाँड्दछौ ) आदर्शमा आधारित रहि शान्तिमय संसार निर्माण गर्नेछ । “म बाँकी जीवन युद्ध, अनैतिकता र लोभको अन्त्यको लागि अर्पण गर्छु र ईश्वरको मुक्तिका लागि समर्पण गर्नेछु ताकि हामी साँचो शान्ति र प्रेमले ओतप्रोत विश्वको निर्माण गर्न सकौं।“
– डा. हाक जा हान मुन

अगस्त २०२० देखि यता ५ वटा र्याली अफ होप भइसकेका छन्, प्रत्येकमा विश्वभरि १ करोड भन्दा बढी अनलाइन सहभागीहरू जोडिएका छन् । विश्वव्यापी रूपमा प्रसिद्ध नेताहरूले कोभिड–१९ महामारी, वातावरणीय गिरावट, गरीबी र असमानता, जातीय र जाति सम्बन्ध, र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता विभिन्न विषयहरूलाई सम्बोधन गरेका थिए ।

निःशुल्क सहभागिता जनाउने यस कार्यक्रममा राष्ट्रपति र प्रथम महिला, संसद , धार्मिक नेता, मिडिया, विद्वान, कलाकार, व्यवसायिक नेताहरू र स्वतन्त्रता, शान्ति र एकतालाई अँगाल्ने सम्बन्धित नागरिकहरूको परिवर्तनवादी आन्दोलनको हिस्सा बन्न सक्नुहुन्छ ।

र्याली अफ होप विभिन्न भाषामा अनुवाद हुनेछ । कोरिया विगत सात दशकदेखि विभाजित र प्राविधिक रूपमा युद्धमा रहेको देश हो ।

प्रतिक्रिया