कोरोना संक्रमणबाट बच्न हामीले के गर्न सक्छौं ?

admin
  • पुष्पराज बस्नेत

भक्तपुर, २५ बैशाख :  नेपालमा आज १८ हजार ३०४ जनाको पीसीआर/एन्टिजेन गरेकामध्य ८ हजार ४१८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

यससंगै अब नेपालमा कोभिड-१९ पुष्टि भएको कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । यसैबीच, नेपालमा गत २४ घण्टामा देशभर ३ हजार ३७० जना निको भएर घर फर्किएका छन् । यस संख्या पश्चात नेपालमा जम्मा २ लाख ९८ हजार ७६५ जना संक्रमणबाट निको भैसकेका छन् जुन कुल संक्रमित संख्याको ७७ .४ % हो।

कोभिड – १९ संक्रमण बढ्दो छ, संक्रमण रोक्नु पहिलो प्राथमिकता हो र त्यो भनेको संक्रमितको चेन ब्रेकबाट मात्र सम्भब छ । प्राथमिक कुरा यहि हो, तर हाम्रो समयन्त्रको ध्यान यतातिर अलि कम देखियो जस्तो लाग्छ, सबैको ध्यान रोकथामभन्दा नि उपचारतिर केन्द्रित भएको अवस्था अहिलेको रहेको छ । आज कोहि ब्यक्ति संक्रमणबाट सिकिस्त हुदा एम्बुलेन्स पाउन कठिन छ ।

अस्पतालमा बेडको हाहाकार छ ,बेड पाउदा अक्सिजन नपाउने समस्या छ ” उपचार भन्दा रोकथाम राम्रो हो” तसर्थ जसरी पहिलो लकडाउनमा रोकथामलाई प्राथमिकताका साथ लागु गरिएको थियो त्यसरी नै संक्रमण रोकथामतिर सचेत नागरिक,संघ-संस्था, राजनैतिक दल, स्थानिय निकाय तथा सम्बन्धित निकायहरुको ध्यान केन्द्रित हुन जरुरी छ।

यसको लागि हामीले गर्न सक्ने कार्यहरु :
१. पीसीआर जाचँबाट संक्रमण पुस्टि भएकाहरुको डाटा संकलन गरी सार्वजनिक गर्ने, अहिले अवस्थामा केसहरु खुलाउन अफ्ठ्यारो छैन र सही सूचनाले छर-छिमेक समाजमा फैलन धेरै रोक्न सकिन्छ ( प्रोटोकल के छ? सूचना सार्वजनिक गर्न रोक्छ भने संशोधन गर्न आवश्यक छ )
२. उक्त संक्रमित परिवारलाई आइसोलेसनमा राख्ने, ( आइसोलेसनमा बसेका उक्त परिवारहरुलाई दैनिक कार्यकोलागि सुरक्षित रुपमा सहयोग गर्ने)
३.पोजेटिप रिपोर्ट आएर पनि कोहि हेलचेकराई गरी हिड्ने, पीसीआर टेस्ट गरेको रिपोर्ट कुरेकाहरु पनि लापरवाही गरि हिड्नेहरुलाई स्थानिय निकायसंग सहकार्य गरी दण्ड जरिवाना गराउने, सामाजिक अपराध गरेको महसुस गराउने ।
४. कन्ट्राक ट्रेसिङ गर्दै जांचको दायारा बढाउने ।
५. संक्रमणबाट मुक्त भएकाहरुको बारेमा प्रचार गर्ने, यसबाट संक्रमितहरुमा हौसला मिल्दछ ।
५ .संक्रमित भई निको भैसकेकाहरुलाई प्लाज्मा दान गर्न प्रेरित गर्ने
यस महामारीलाई भावनात्मक रुपमा एक भई र भौतिक रुपमा टाढा रही परास्त गरौ।

 

 

प्रतिक्रिया