अक्सिजन आपूर्तिको प्रयास जारी

admin

काठमाडौं, २६ वैशाख : कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास अगाडि बढाएको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शøया आईसीयूमध्ये १४ शøया भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उहाँले बताउनुभयो ।

“एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा. राजभण्डारीले भन्नुभयो । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् ।

यो अस्पतालमा पनि अक्सिजनको अभाव छ । “अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ,” अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भन्नुभयो ।

अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उहाँको भनाइ छ । पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया