आज प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक बस्ने

admin

काठमाडौं, २६ बैशाख : प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । (भोलि) सोमबार बस्ने प्रतिनिधि सभा बैठक सञ्चालन बारेमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाएको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

बैठकमा कोरोना संक्रमण भएका सांसदहरुको संसदमा उपस्थिति र मतदानको व्यवस्था, सरकारलाई दिएको समर्थन फिर्ता पछि प्रतिपक्ष दल बनेको नेकपा माओवादी केन्द्रका सांसदहरुको संसदमा बसाइ व्यवस्थापन, संसदमा स्वास्थ्यका मापदण्ड पालना लगायतका विषयमा छलफल हुने न्यौपानेले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिने र राजनीतिक अवस्था संकटपूर्ण रहेको बेला बस्न लागेको संसद बैठकलाई गम्भीरताका साथ लिँदै पूर्व तयारीबारे कार्यव्यवस्था बैठकमा छलफल हुने उनले बताए । प्रतिनिधि सभाका २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया