आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २६ बैशाख : आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आइतबार तोलाको १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया