ओलीले नेपाल पक्षसँग वार्ता गर्न दुई नेतालाई सिंहदरबार पठाए

admin

काठमाडौं, २६ बैशाख : नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाएका छन् । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाएका हुन् ।

माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाएका हुन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया