आज चार हजार २२ जना कोरोनामुक्त, ८८८५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २६ बैशाख : आइतबार नेपालमा चार हजारभन्दा धेरै कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा चार हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ ।

अब नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ । यस्तै बितेको २४ घण्टामा देशभर आठ हजार आठ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने थप ८८ जनाको ज्यान गएको छ ।

१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बितेको २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो । अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया