आज नेप्से साढे १८ अङ्कले घट्यो

admin

काठमाडौं, २६ बैशाख : आइतबार शेयर बजार परिसूचक नेप्से १८ अङ्कभन्दा धेरैले घटेको छ । कारोबार भएकामध्ये सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव ५६ अङ्कले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा झरेको छ । व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ ।

जलविद्युतको ३४, होटल तथा पर्यटन समूहको झण्डै ४२, फाइनान्सको २१, माइक्रोफाइनान्सको ९७, जीवन बीमा समूहको एक सय ४७, निर्जीवन बीमा समूहको ३१, उत्पादनको ९२ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ । आइतबार दुई सय १९ कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनसीसी बैंकको २८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रो कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त र रुरु हाइड्रोको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया