नेपाल समूहको माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’

admin

काठमाडौं, २६ वैशाख : नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आउन वैशाख २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

सिंहरबारमा आइतबार बसेको सो पक्षको सांसदहरुको बैठकले वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुको मागमा प्रधानमन्त्रीले वेवास्ता गरे कठोर निर्णय गर्न बाध्य हुने उहाले बताउनुभयो । भट्टराईले सोमबार बिहान ९ बजेर ३० मिनेटमा सांसदहरुलाई सचिवालयमा बोलाएको जानकारी पनि दिनुभयो ।

बैठकले पार्टी एकता रक्षा गर्न पार्टी अध्यक्षको भूमिका हुनेभएपनि अध्यक्षले पार्टी एकता रक्षागर्ने भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको छ भने पार्टी अध्यक्षले निकालेको बक्तव्यले पार्टीको एक पक्षलाई बञ्चित गर्ने काम गरेको नेता भट्टराईले बताउनुभयो । यसअघि सो पक्षले आइतबार नै राजीनामा दिने तयारी गरेको थियो ।

प्रतिक्रिया