स्वास्थ्य मन्त्रालयले निकाल्यो एकैदिन १३९ काेराेना संक्रमितको मृत्युको तथ्यांक

admin

काठमाडौं, २७ वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रणबाट आज १३९ जनाको मृ’त्यु भएको तथ्यांक सार्वजनिक गरेकाे छ । विभिन्न समयमा मृत्यु भएर तथ्यांक आउन छुटेकाले आज १३९ जनाको तथ्यांक सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि कोभिड संक्रमणबाट मृ’त्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकरुपता थिएन ।

पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

प्रतिक्रिया