राष्ट्रपतिद्वारा बहुमत सरकार गठन गर्न दलहरूलाई आहृवान

admin

काठमाडौं, २७ वैशाख : संसदमा आज प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई आहृवान गरेकी छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन्।

आजै तीन दलले राष्ट्रपतिसमक्ष बहुमत सरकार गठनका लागि संविधानको यसै धाराअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

प्रतिक्रिया