किट सकिएपछि टेकु अस्पतालमा कोरोना परीक्षण बन्द

admin

काठमाडौं, २८ बैशाख : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हो । पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताएका हुन् ।

किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ । यस्तै, अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।

‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया