कोरोनामुक्त भए पूर्वराजा ज्ञानेन्द्र र कोमल शाह

admin

काठमाडौं, २८ बैशाख : पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह कोरोना संक्रमणमुक्त भएका छन् । दुई जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वरानी कोमल शाहलाई केही दिनदेखि आईसीयूबाट शय्यामा सारेर उपचार भइरहेको छ । संक्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।  भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै पूर्वराजा दम्पतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया