आज तीन सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २९ बैशाख : सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी मंगलबार जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएसँगै अहिले नेपालमा सुनको कारोबार भने ठप्प जस्तै छ ।

प्रतिक्रिया