अमेरिकाद्वारा ‘ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव

admin

काठमाडौं, २९ बैशाख : अमेरिकाले ‘ट्राभल एड्भाइजरी’ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल ‘फोर’ मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको हो । नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानको सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएको र यसबारेमा अहिलेसम्म नेपाल सरकारको तर्फबाट कुनै जवाफ नआएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ । भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ ।

प्रतिक्रिया