निम्बस नेपालद्वारा दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध

admin

काठमाडौं, २९ बैशाख : निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ । बुधबार महासंघमा आयोजित एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउदै पत्रकारहरुले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि महासंघसंग सहयोग मारिरहेको बताए । महासंघले आउदा दिनमा थप सहयोगको अपेक्षा राखेको अध्यक्ष पोख्रेलले धारणा राखे ।

महासचिव रोशन पुरीले कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गरे । उनले हरेक प्रदेशमा पत्रकारका लागि आइशोलेशन बनाउने काम सुरु गरिसकेको बताऐ । निम्बसले महासंघका प्रदेश समिति मार्फत जिल्ला जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया