सगरमाथा आरोहणका क्रममा स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गयो

admin

काठमाडौं, ३० बैशाख : सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ । स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक एवम् सगरमाथा आधारशिविर सम्पर्क अधिकृत मीरा आचार्यले जानकारी दिइन् ।

file photo

अब्दुल वारिचको सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा बसेकै ठाउँमा र पुवे लिउको शिखरतर्फ जाँदै गर्दा सात हजार नौ सय मिटरको उचाइमा ज्यान गएको आचार्यले जानकारी दिइन् । लिउको हिउँका कारण आँखाको ज्योति गुमेपछि ज्यान गएको जानकारी प्राप्त भएको उनले बताएकी छिन् ।

बुधबारसम्ममा अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत गरी झण्डै एक सय ७० जनाले आरोहण गरेका छन् । बिहीबार भने आरोहण भएन । मौसम प्रतिकुल बनेकोले अहिले आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका सम्पर्क अधिकृत आचार्यले बताइन् ।

प्रतिक्रिया