प्रधानमन्त्री ओली र माधव नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता सुरु

admin

काठमाडौं, ३० बैशाख : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । उनीहरूबीच व्यवसायी रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए । बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए । माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए बिहीबार दिउँसो ४ बजे राजीनामा दिने तयारी गरेको छ ।

प्रतिक्रिया